ग्लोबल आइएमई बैंक लिमिटेडले मंगलबार सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ४, याखा चोकमा आफ्नो थप ५५ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । ग्लोबल आइएमई बैंक लि. का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले व्यवसायिक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरि उक्त शाखारहित बैकिङ्ग सेवाको उद्घाटन गरे । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिरुद्र सिहं लिङ्गखालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
उक्त शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा ग्लोबल आइएमई बैंक लि. का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले स्थानिय ९० बर्षीय ज्येष्ठ नागरिक ललुमाया सुबेदिको नाममा खाता खोलि व्यक्तिगत रुपमा २,५०० रुपैयाँ जम्मा गरिदिएर उक्त सेवाको कारोबार शुभारम्भ गरे ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको याखा चोक लगायत त्यस वरपरका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।