Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ नियुक्त

२०७४ पुष ५ गते

बैंकिङ खबर । सिभिल बैंक लिमिटेडको संचालन समितिको अध्यक्षमा इच्छाराज तामाङ नियुक्त भएका छन् । बैंक संचालक समितिको सोमबार बसेको बैठकले यसअघि अध्यक्ष रहेका अम्बिर बोगटीको राजिनामा स्वीकृत गर्दे तामाङलाई नियुक्त गरेको हो ।

 बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) ले सांसदहरु बैंकको सञ्चालक रहन नपाउने ब्यवस्था गरेपछि तत्कालीन अध्यक्ष तामाङले सिभिल बैंकको अध्यक्षबाट राजिनामा दिएका थिए । बाफिया लागू हुँदा तामाङ एमालेको समानुपातिक कोटाबाट सांसद रहेको थिए । अहिले उनी सांसद नरहेपछि पुनः बैंकमका फर्किएका हुन् ।

तामाङले छाडेपछि बैंकले अम्बिर बोगटीलाई नयाँ अध्यक्ष नियुक्त गरेको थियो । तामाङ सिभिल बैंकका सस्थापक अध्यक्ष समेत हुन् ।