December 17th, 2017

सिद्धार्थ बैंकको नयाँ शाखा बनेपामा

सिद्धार्थ बैंकले पौष २ गते आइतबार बनेपाको बनेपा बजारमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ । बैंकले यस शाखा कार्यालय मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । बैंक प्रदान गर्ने उच्चस्तरिय तथा आधुनिकतम बैंकिङ सेवाबाट यस क्षेत्रका व्यापारी तथा सर्वसाधारण लाभान्वित हुनेमा बैंक विश्वस्त रहेको छ । 

हालै सञ्चालनमा आएको नयाँ शाखा सहित बैंकको शाखा संख्या ८१ शाखा पुगेको छ । यसबाहेक, ३ एक्स्टेन्सन् काउन्टर, १०४ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को मंसिर मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८२ अर्ब १५ करोड र कर्जा लगानी रु. ७३ अर्ब ८० करोड गरेको छ  ।