Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

“सिटी एक्सप्रेस उत्सव एक्सप्रेस” योजनाको बम्पर उपहार जमन तामाङ्गलाई

२०७४ पुष २ गते

“सिटी एक्सप्रेस उत्सव एक्सप्रेस” उपहार योजनाअन्तर्गतको बम्पर उपहार जमन तामाङ्गले जितेका छन् । साउदी अरबको टेलीमनीबाट पैसा पठाएका तामाङ्गकी श्रीमती बिमला देवी तामाङ्गले बम्फर उपहारको रुपमा रेनौल्टको क्विड आरएक्सएल कार पाएकी छिन् । 

दशैँ, तिहार र छठको अवसर पारेर गत भाद्र १८ गतेदेखि मंसिर १५ सम्म चलेको यस उपहार योजना अबधिमा दैनिक उपहार योजना अन्तर्गत ९० जना सेवाग्रीले एक तोला चाँदीका सिक्का, क्याप, टी सर्ट र किरिङ्ग, साप्ताहिक  रुपमा  १२ जनाले ओप्पो मोवाईल र मासिक रुपमा ३ जना एलजी रेफ्रिजिरेटर  प्राप्त गरिसकेका छन् । अन्त्यमा मिति २०७४ साल मंसिर २८ गतेका दिन यस कम्पनीको ब्राण्ड एम्बासडर श्री सिताराम कट्टेल (धुर्मुस) र यस कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन द्वारा सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा फेसबुक लाइभ कार्यक्रमको आयोजना गरी उक्त उपहार योजनाकोे बम्पर उपहार विजेताको छनौट गरिएको थियो 

Ad