मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसर पारेर आकर्षक विशेषतासहितको बचत योजना संचालनमा ल्याएको छ । यही पौष १९ गतेदेखि मुक्तिनाथ विकास बैंक आफ्नो स्थापनाको ११ औं वर्ष सफालतापूर्वक पुरा गरी १२ औं वर्षमा प्रवेश गर्दैछ । यसै अवसर पारेर बैंकले आकर्षक विशेषता सहितको सुपर प्रिमियम बचत तथा Triple 2 Triple Dhamaka मुद्दती निक्षेप खाता संचालनमा ल्याएको हो ।
यस योजनाअन्तर्गत न्यूनतम मौज्दात पाँच हजार रुपैयाँमा सुपर प्रिमियम बचत खाता खोल्ने ग्राहकहरुलाई वार्षिक आठ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी प्रदान गरिनेछ भने २२२ दिने मुद्दती खातामा न्यूनतम एक लाख रुपैयाँमा वार्षिक ११ प्रतिशतले त्रैमासिक रुपमा ब्याज प्रदान गरिनेछ ।
यस योजनाअन्तर्गत खाता खोल्ने प्रत्येक ग्राहकले ५ ग्रामको चाँदीको सिक्का, निशुल्क भिसा डेबिट कार्ड, निशुल्क मोबाईल बैंकिङ तथा निशुल्क ईन्टरनेट बैंकिङ्ग समेत प्राप्त गर्न सक्नेछन् । यो योजना बैंकको १२ औं बार्षिकोत्सवको अवसरमा संचालन गरिएको हुँदा मिति २०७४ पौष २ गते देखि सुरु भई सीमित अवधिको लागि मात्र लागु गरिने बताइएको छ । यो योजनाअन्तर्गत व्यक्तिगत तथा संस्थागत सबै ग्राहकहरु सहभागी हुन पाउनेछन् । यो योजना बैंकका७२ वटै शाखामार्फत लागु गरिएको छ ।