Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकको शाखा संख्या ७० पुग्यो, गोकुलेश्वरमा नयाँ शाखा

२०७४ मंसिर २९ गते

सुदुरपश्चिमको दुर्गम जिल्लाहरुमा समेत बैंकिङ्ग पहुँच पुर्याइसकेको महालक्ष्मी विकास बैँक लिमिटेडले दार्चुलाको गोकुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । विहीबार (मंसिर २८ गते)देखि संचालनमा आएको गोकुलेश्वर शाखासहित महालक्ष्मी विकास बैंकको शाखा संख्या ७० पुगेको छ । 

बैंकको एटिएम संख्या ३५ रहेको छ । विकास बैंकहरुमा सबैभन्दा बढी दुई अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी भएको महालक्ष्मी विकास बैंकले कात्र्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।          

Ad