दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोश्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरेका छन् । मलेसियाबाट नेपालमा पैसा पठाउने रोकाया सफ्टवेयर पद्धतिमा आधारित ‘लक्की ड्र’ बाट विजेता घोषित भएका हुन् । । यस योजनाअन्तर्गत पैसा पठाउने रोकाया वा नीजले सिफारिस गरेका व्यक्तिले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
त्यस्तै अन्तिम तथा छैठौं १५ दिनको जीवन बीमा आइएमई सेवाग्राही राजिब थापाले प्राप्त गरेका छन् । सफ्टवेयर पद्धतिमा आधारित छनोट कार्यक्रममा जापानबाट नेपालमा पैसा पठाउने थापा भाग्यशाली विजेता छनोट भएका हुन् । थापा वा नीजले सिफारिस गरेको व्यक्तिले छ लाख रुपैयाँ बराबरको जीवन बीमा प्राप्त गर्ने छन् ।
गत भाद्र १२ गतेदेखि मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’मा पाँच हजार ४०, पाक्षिक ‘लक्की ड्र’मा छ र बम्पर ‘लक्की ड्र’मा दुई जना पुरस्कृत भइसकेका छन् ।