कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले कृष्णपुर नगरपालिका वडा न. —०५ गुलरिया बजारमा १४औं शाखा विस्तार गरेको छ । कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले उक्त शाखाको बुधबार उद्घाटन गरे ।
कञ्चन डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क्षेत्रीय स्तरको विकास बैंक हो । यस विकास बैंकले कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लालाई कार्यक्षेत्र बनाई मिति २०६६ साल देखि कार्य गर्दै आइरहेको छ ।
प्रधान कार्यालय कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा न. ४, महेन्द्रनगर बजारमा रहेको यस बैंकका हाल सम्म कञ्चनपुरमा नयाँ सहित ७ शाखा १ एक्सटेन्सन काउण्टर कैलालीमा ६ शाखा र डडेल्धुरामा १ गरि कुल १४ शाखा र १ एक्सटेन्सन काउण्टर सञ्चालनमा आएका छन् ।
बर्तमान बजारको अवस्थालाई मध्यनजर गरि यस क्षेत्रका ग्राहकहरुले अन्य बैंकले दिई रहेको व्याज भन्दा आकर्षक व्याज पाउन भन्ने उदेश्यले यस बैंकले मिति २०७४/०८/०१ देखि लागु हुने गरि बचत खातामा ६.५ देखि ८.५ प्रतिशत र मुद्दति खातामा ११.५० प्रतिशत व्याज दर कायम गरेको छ ।


