गत सालको भुकम्पका कारण स्थगित भएको दक्षिण एसियाली मुलुकहरुको बीमा नियमनकारी निकायहरुको तेस्रो सम्मेलन तथा अन्तराष्ट्रिय वीमा सम्मेलन आगामी विहिबार र शुक्रबार हुने भएको छ । काठमाडौँमा हुन लागेको सम्मेलनमा वीमाको पहुँच बढाउने, बीमाको भुमिका, विश्वव्यापी जलवायु परिवर्तनबाट हुने जोखिम, भुकम्पका असर तथा अपनाउनुपर्ने उपायका विषयमा छलफल हुने छ । कार्यक्रम विशेषगरी कृषि वीमा तथा समावेशी वीमामा केन्द्रित रहने बताइएको छ । कार्यक्रममा कृषि वीमाको विषयलाई पनि प्राथमिकता दिइने छ ।
कार्यक्रमको दोस्रो दिन विमकका क्षमता तथा वीमा दाबीको सरलीकरण, विमकलाई टाट पल्टिनबाट जोगाई उपभोक्ताको हकहित र सुरक्षाको विषयमा विश्वव्यापी चासोको बारेमा र जोखीम आधारित पूँजी तथा खारेजी मार्जिनबारे प्रस्तुती, स्वास्थ्य वीमा लगायतका विषयमाथी छलफल हुनेछ । अन्तिममा वीमा नियमनकारी निकायहरुको सुपरीवेक्षणको विषयमा आपसी सहयोगबाट वीमा व्यवसाय बिस्तार तथा गुणात्मक तुल्याउने सन्दर्भमा सम्बोधन हुने बताइएको छ ।