२०७४ मंसिर २६ गते

गण्डकी विकास बैंकको सामाखुशी शाखाको औपचारिक उद्घाटन

गण्डकी विकास बैंक लिमिटेडले काठमाडौँ स्थित सामाखुशी शाखाको औपचारिक उद्घाटन  गरेको छ । नेपाल राष्ट्र वैकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे । बंैकले उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एबीबीएस, एटीएम, एसएमएस, आस्वा, मोबाइल बैकिङ्ग, सुन धितोमा कर्जा सुविधा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बंैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । 

शाखा उद्घाटनको अवसरमा डेपुटी गभर्नर शिवराज श्रेष्ठले गण्डकी विकास बैक एक सबल र सक्षम विकास बैंकक भएको बताउँदै सदैब उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा बैंक परिवारलाई बधाई दिए । पछिल्ला दिनहरुमा बंैक तथा वित्तीय संस्थाहरुमा जोखिम बढ्दै गएकोले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनको धारण थियो । 

समारोहमा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैकले प्रदान गर्ने सेवा सुविधा, बैंकका गतिविधी र भावी कार्यक्रमबारे जानकारी गराए । 

गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक ज्ञानेश्वर पराजुलीको अध्यक्षतामा सम्पन्न शाखा उद्घाटन समारोहमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी एंव नेपाल विकास वैक सघंका अध्यक्ष भरतराज ढकालले शुभकामना मन्तव्य दिएका थिए ।  

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७४/७५ को प्रथम त्रैमाससम्ममा १९ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी कर्जातर्फ१६ अर्ब ५५ करोड रुपैयाँ लगानी गरेको छ ।

बैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५२ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस, एटिएम, मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।