Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

गाउँ गाउँमा पुग्दै सिटिजन्स बैंक, बंगलाचुलीमा नयाँ शाखा विस्तार

२०७४ मंसिर २५ गते

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दाङको बंगलाचुलीमा नयाँ शाखा संचालनमा ल्याएको छ । सोमबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजापाठ गरी उक्त शाखाबाट बैंकिङ कारोबारको सुरुवात गरे । सिटिजन्स बैंकको यो ६७औँ शाखा हो । 

सरकारको वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवद्र्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीतिलाई मूर्त रुप प्रदान गर्ने उद्देश्यका साथ सिटिजन्स बैंकले चाल आर्थिक वर्षमा मात्रै सात वटा शाखा संचालनमा ल्याइसकेको छ । बैंकले आ ब २०७४।७५ मा पाल्पाको छहरा, नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरहि र दाङको बंगलाचुली गरी सात स्थानमा आफ्नो शाखा विस्तार गरेको हो ।  

बंगलाचुली शाखा उद्घाटन समारोहमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले श्री गटेरा प्राथमिक विद्यालयलाई एक थान र धापा निम्न माध्यमिक विद्यालयलाई एक थान गरी जम्मा दुई थान  कम्प्युटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले संयुक्त रूपमा उक्त सहयोग हस्तान्तरण गरे । 

उक्त शाखाका इन्चार्ज सुशील पोखरेलले यस क्षेत्रमा कृषि कर्जा, पशुपालन, तथा अन्य व्यवसायिक  क्षेत्रमा प्रशस्त लगानी गर्ने बैंकको उद्देश्य रहेको जानकारी दिए ।

मुलुक संघीय प्रणालीमा गएसँगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमा नै बैंकले  थप शाखा संचालन गर्ने योजना बनाएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले बताए ।