Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकका कर्मचारीहरुमा अराजकता बढ्यो

२०७४ मंसिर २१ गते

बैंकिङ खबर । बैंकका कर्मचारीहरुमा अराजकता बढेको छ । छोटो समयमा धेरै कमाई गर्ने सोचका कारण बैंकका कर्मचारीहरु आफ्नै बैंकलाई ठगी गरेर फरार हुने क्रम बढेको छ । हालै मात्र कृषि विकास बैंक न्यूरोड शाखाको झण्डै ५ करोड रकम हिनामाना गरेको अभियोगमा बैंककै कर्मचारी (सहायक टेलर) दिपिका रेग्मीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेग्मीसँगै बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाडौं ३२ मा बस्ने रेमशकुमार थापा छन् । बैंकको न्यूरोड शाखाबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको पाइएको छ । प्रहरीले उच्च अदालत पाटनबाट ५ दिनको म्याद लिएर तीनै जनामाथ बैंकिङ कसुरमा अनुसन्धान थालेको छ ।