Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकको शाखा बट्टार, चरिकोट र बागलुङमा

२०७४ मंसिर २० गते

सिद्धार्थ बैंकले मंसिर २० गते बुधबार नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङको बागलुङ बजारमा आफ्नो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सो शाखा कार्यालयहरु मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । यस स्थानका व्यापारी तथा सर्वसाधारण बैंकले प्रदान गर्दै आएको उच्चस्तरिय सेवाबाट लाभान्वित हुनेमा बैंक विश्वस्त रहेको छ । 

हालै सञ्चालनमा आएका नयँ शाखाहरु सहित बैंकले हाल देशभर रहेका ८० शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०३ एटिएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

आर्थिक वर्ष २०७४/०७५ को कार्तिक मसान्तसम्म बैंकले कुल निक्षेप रु. ७८ अर्ब ४६ करोड र कर्जा लगानी रु. ७१ अर्ब ७८ करोड गरेको छ  । सोहि अवधीमा बैंक रु. ८६ करोड संचालन मुनाफा आर्जन गर्न सक्षम रहेको छ ।