Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आईएमई बैंक र एक्सिस बैंकबीच रेमिट्यान्स कारोबार सुरु

२०७४ मंसिर १९ गते

ग्लोबल आईएमई बैंक र भारत स्थित एक्सिस बैंक बिच व्यवसायिक कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हालै सम्पन्न सम्झौता पत्रमा  हस्ताक्षरपछि भारत स्थित एक्सिस बैंकका ३००० भन्दा बढि शाखाहरु मार्फत पठाएको रकम नेपालमा रहेका ग्लोबल आइएमई बैंकका १०८ शाखाहरु र इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) का ६००० भन्दा बढि तथा बेष्ट रेमिटका ४००० भन्दाबढि एजेन्ट मार्फत सजिल्यै प्राप्त गर्न सकिने भएको छ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । २०७४ असोज मसान्तसम्म  एक खर्ब चार अर्व ९४ करोड  निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।  

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।