Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

सिटिजन्स बैंकको अत्याधुनिक वेवसाइट, मोबाइलबाटै कारोबार गर्न सहज

admin २०७४ मंसिर १९ गते
सेयर:

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो अत्याधुनिक वेवसाइट सार्वजनिक गरेको छ । नयाँ वेवसाइटलाई www.ctznbank.comमा हेर्न सकिने बैंकले बताएको छ । डाइनामिक भर्सनमा स्तर बृद्वि गरिएकाले अबदेखि कुनै पनि स्मार्ट फोनबाट उक्त वेवसाइट सजिलै  प्रयोग गर्न सकिने भएको छ । 

यो वेवसाइटमार्फत घरबाट नै खाता खोल्न, कर्जाको लागि आवेदन दिन तथा अरु अत्याधुनिक सुविधाहरुको उपयोग गर्न पाइनछे । अनलाइन आस्वा, डिम्याट, केवाईसी, मेरो सेयर, स्मार्ट बैंकिङ जस्ता आकर्षणहरु रहेको यो वेवसाइट अत्यन्तै ग्राहकमुखी रहेको बैंकको दाबी छ । सरोकारवालाहरुले बैंकको बारेमा प्राथमिक जानकारी लिन अब बैंक धाउनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएकोा छ । 

नयाँ वेवसाइटको सर्वजनिकीकरण गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले समयको मागअनुसार बैंकले आफू र आफ्ना सेवाहरुलाई परिमार्जन गर्दै लगेको बताए । आगामी दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ सेवालाई सरल र छरितो रूपमा  पुर्याउन बैंक कटिवद्ध रहेको उनले बताए । साथै उनले नयाँ वेवसाइटलाई अझै प्रभावकारी बनाउनका निम्ति ग्राहक वर्गमा सल्लाह एवम् सुझावको समेत अपेक्षा गरेका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।