पोखरा फाइनान्स लिमिटेडले एक दिने कर्मचारी तालिम सम्पन्न गरेको छ । पोखरा लेखनाथ वडा नं. ९, न्यृ्रोडमा प्रधान कार्यालय रहेको फाइनान्सले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरेको जानकारी दिएको छ ।
त्यस्तै, कम्पनीले कर्मचारी आचार संहिता (POFIL Code of Conduct) को विमोचन पनि गरेको छ । सञ्चालक र कर्मचारीहरुको उपस्थितिमा मंसीर १६ गते एक भव्य समारोहको आयोजना गरी उक्त आचारसंहिताको विमोचन गरिएको हो ।
कार्यक्रममा, फाइनान्सका अध्यक्ष भुवनसिं गुरुङले स्वागत मन्तव्य दिए भने कम्पनीका कार्यकारी प्रमुख राज कुमार गुरुङले आचार संहिताका बारेमा संक्षिप्त जानकारी दिए । त्यस्तै, फाइनान्सका सञ्चालकसुन्दर गुरुङले आचार संहिता लागु भएपछि कर्मचारीहरुमा थप सद्भाव एवं सेवाभावको अभिवृद्धि भई ग्राहक सन्तुष्टिमा सकारात्मक प्रभाव पर्ने बताए ।

