Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

भार्गव विकास बैंकको प्रधान कार्यालय कारकाँदोमा सर्यो

२०७४ मंसिर १७ गते

भार्गव विकास बैंक लिमिटेडले आफ्नो प्रधान कार्यालय स्थानान्तरण गरेको छ । बैंकले आइतबार (मंसिर १७ गते) नेपालगञ्जको धम्बोझीस्थित प्रधान कार्यालयलाई नेपालगञ्जकै कारकाँदोमा सारेको हो । पुजा आराधना गरी विधिवत् रुपमा कार्यालय स्थानान्तरण कार्यक्तम सम्पन्न गरेको बैंकले जनाएको छ । 

कार्यालय स्थानान्तरण कार्यक्रमको अवसर पारेर बैंकले बालबालिका सुधार गृह नेपालगञ्जमा रहेका ११ जना बालबालिकाहरुलाई जाडोमा ओढ्ने ओछ्याउने लुगाकपडाहरु वितरण समेत गरेको छ ।