Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कैलाश विकास बैंकले पुर्यायो अढाई अर्ब चुक्तापुँजी

२०७४ मंसिर १५ गते

कैलाश विकास बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा शुक्रबार (मंसिर १५ गते) काठमाडौँमा सम्पन्न भएको छ । उक्त साधारण सभाले संचालक समितिद्धारा प्रस्तावित बोनस सेयर र नगद लाभांश पारित गरेको छ । साथै, आ.व. २०७३/०७४को वासलात तथा सोही मितिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विबरण पनि साधारणसभाले पारित गरेको छ । 

साधारणसभाको स्वीकृति अनुसार, अब बैंकका सेयरधनीले हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ९.४५ प्रतिशत नगद लाभांश पाउनेछन् । बोनस सेयर पारित भएसँगै बैंकको चुक्तापुँजी दुई अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

२०७४ मंसिर १३ गतेसम्ममा कैलाश विकास बैंकले १८ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले विभिन्न जिल्लामा संचालित ४१ शाखा तथा २० वटा एटीएम मेसिनमार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै इन्टरनेट बैंकिङ्ग, मोबाईल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग तथा आस्वा जस्ता सुविधा प्रदान गर्दै आएको छ ।