Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

राप्ती गाँउपालिकाको मौरीघाटमा ‘ज्योति विकास बैंक’

२०७४ मंसिर १५ गते

ज्योति विकास बैंक लिमिटेडले शुक्रबारदेखि दाङ जिल्लाको राप्ती गाँउपालिका ४, मौरीघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । एक बिशेष समारोहका बिच राप्ती गाँउपालिका वडा नं. ४ भित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकले उक्त शाखा संचालनमा ल्याएको हो । राप्ती गाँउपालिकाका प्रमुख नुमानन्द सुवेदीे तथा ज्योति विकास बैंकको संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उक्त शाखाको औपचारिक उद्घाटन गरे । यो शाखासहित दाङ जिल्लामा ज्योति विकास बैंकको शाखा संख्या चार पुगेको छ । 

शाखा उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका सभापति एवम् बैंक संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले मुनाफालाई मात्र नहेरी ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिँदै आएको जानकारी दिए । साथमा आफ्नो सेवा क्षेत्रलाई ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा विस्तार गर्दै लैजाने उनले बताए ।

उक्त कार्यक्रममा राप्तीे गाँउपालिका वडा नं. ४ का अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्री, राप्ती उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष टोप बहादुर कार्की, सिसहनीया उद्योग वाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकी, बैंकका कम्पनी सचिव मदन कुमार महत, राप्तीे गाँउपालिकाको विभिन्न वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिले बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्दै बधाई दिएका थिए ।

२०६५ साल श्रावण ९ गतेबाट राष्ट्रिय स्तरको विकास बैंकको रुपमा संचालनमा आएको ज्योति विकास बैंकलले आफ्ना ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आस्वा लगायतका सम्पुर्ण आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ । साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गर्ने गरेको छ । 

हालसम्म ज्योति विकास बैंकले करिब १२ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्व ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरे पश्चात बैंकको चुक्तापूँजी दुई अर्व ३७ करोड रुपैयाँ पुगेको छ । गत आ.व. को नाफाबाट बोनस सेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकलाई तोकेको चुक्तापुँजी पुर्याउने बैंकको योजना छ ।