ग्लोबल आइएमई बैंकले मंसिर १२ गते मंगलबार बैतडी जिल्लाको पाटन नगरपालिका १० ठाटामा ५१ औ र १३ गते बझाङ्ग जिल्लाको बित्थडचौर गाउँपालिका १, बित्थडमा ५२ औ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । बैतडी जिल्लाको पाटन नगरपालिका १० ठाटामा सुरु गरिएको सेवाको लागि स्थानिय अर्जुन बहादुर कुवँर लाई र बझाङ्ग जिल्लाको बित्थडचौर गाउँपालिका १, बित्थडमा सुरु गरिएको सेवाको स्थानिय नर बहादुर बोहरा लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । २०७४ असोज मसान्तसम्म १ खर्व ४ अर्व ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५२ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।