Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकमार्फत् अष्ट्रेलियन डलरको कारोबार गर्न सकिने 

२०७४ मंसिर १२ गते

अब सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमार्फत अष्ट्रेलियन डलरको कारोबार गर्न सकिने भएको छ । बैंकले अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा आफ्नो अष्ट्रेलियन डलर (AUD) खाता खोली अष्ट्रेलियन डलरको कारोबार सरल रुपमा सुचारु गरेको जानकारी दिएको छ ।

यसबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने र अष्ट्रेलिया स्थित नेपालीहरुलाई पनि विश्वसनिय र सरल ढङ्गले बैङ्किग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

साथै भविष्यमा पनि यस किसिमका सुबिधाहरु उपलब्ध गराउँदै जाने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।