मुक्तिनाथ विकास बैंक लिमिटेडले अनलाईन आस्वा सेवा (ASBA Service) सुचारु गरेको छ । उक्त अनलाईन सेवा मार्फत ई–बैंकिङ्ग सेवा लिएका ग्राहकहरुले घरमै बसी बसी आईपीओ, एफपीओ र म्युचुअल फण्डमा शुन्य लागतमा आवेदन दिन सक्नेछन् । बैंकले आगामी दिनमा मोवाईल मार्फत समेत आस्वा सेवा आवेदन दिन सक्ने सुविधा प्रदान गर्न लागि रहेको छ ।
