पोखरा लेखनाथको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले कास्की, माछापूछ्रे गाऊपालिकाको वडा नं. ४ लाहाचोकमा नयाँ शाखा समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रमा समेत शाखा खोल्ने उद्देश्य अनुरुप स्थापित उक्त शाखाको समुद्घाटन माछापुच्छे« गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले गरे । उक्त लाहाचोक शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा एबिबिएस लगायतका सेवा दिने प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले बताए ।
चुक्ता पृ्ंजी रु. ६५.५७ करोड रहेको यस वित्तीय संस्थाले २०७४ असोज मसान्त सम्ममारु. ३ अर्व ८० करोड ३५ लाख निक्षेप संकलन गरी रु. ३ अर्व ५३ करोड ७० लाख कर्जा लगानी गरेको छ । फाइनान्सको जगेडा कोषमा रु. ४२ करोड ५३ लाख रहेको छ । साथै निकट भविष्यमा १५५ हकप्रद एवं आ.व. २०७३।७४ को मुनाफा वितरणबाट ने.रा. बैंकद्वारा तोकिएको चुक्ता पृ्ंजी रु. ८० करोड पुर्याउने फाइनान्सको योजना छ ।


