नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेड, वुटवलले रानीवगीया र शंकरनगर, रुपन्देहि तथा बुद्धचोक, चितवन एक्सटेन्सन काउन्टरहरुलाई एकै दिन शाखा कार्यालयमा स्तरोन्नती गरेको छ । शाखा कार्यालयमा स्तरोन्नती भए संगै ति शाखाहरुले आफ्ना ग्रहायकहरुलाई कर्जा प्रवाहको सुविधा समेत प्रदान गर्नेछन् ।
रुपन्देही, नवलपरासी र चितवनमा १० वटा शाखा तथा विस्तारित शाखा कार्यालयहरु मार्फत २५,००० निक्षेपकर्तालार्ई ए.टि.एम, सन्ध्याकालिन, लकर, निशुल्क ए.बि.बि.एस., आईपीएस, एसएमएस, इलेक्ट्रोनिक चेक क्लियरिङ र ३६५ दिने बैकिङ्घ सेवा लगायतका अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको उक्त बैंकको अधिकृत पूँजि ६० करोड तथा चुक्ता पूँजि २२ करोड २ लाख ९४ हजार ९ सय, निक्षेप २ अर्ब ९ करोड, कर्जा लगानी १ अर्ब ६९ करोड र निष्कृय कर्जा ०.७९ प्रतिशत रहेको छ भने गत असार मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार रु. ५ करोड ६७ लाख संचालन मुनाफा रहेको छ ।
बैंकले रुपन्देही जिल्लाका तिलोत्तमा –८, शिवपुर, ओमसतिया गाउँपालिका–१, लखनचोक, सियारी गाउँपालिका–७, अमवा, सुद्धोधन गाउँपालिका–५, मानपकडी, वुटवल–११, कालिकानगर र वुटवल–१३ बेल्वासमा नयाँ शाखाहरु स्थापना गर्ने र एस. एम. एस. सेवा लागु गर्ने प्रक्रियामा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बताए ।


