May 5th, 2016

लघुवित्तलाई प्राविधिक बनाउन सफ्टवेर कम्पनि खोलिँदै

microfinanceलघुवित्त कम्पनीहरुको काम कारवाहीलाई छिटो, छरितो तथा आधुनिक प्रणाली अनुसार सञ्चालन गर्नको लागि सफ्टवेयर कम्पनी सञ्चालनमा ल्याइने भएको छ । सक्षम परियोजना र माइक्रोफाइनान्स एशोसिएसनको सहकार्यमा नयाँ सफ्टवेयर कम्पनी आगामी असार १ गतेदेखि सञ्चालनमा आउने भएको हो । नेपाल लघुवित्त बैंकर्स संघ र सक्षम परियोजनाबीच लघुवित्त बैंक तथा वित्तीय संस्थाहरुमा आधुनिक र अन्र्तराष्ट्रिय स्तरको सफ्टवेयर जडान गर्ने सम्बन्धमा यस अघि नै सहमति भएको थियो । उक्त सहमति अनुसार विकास बैंकहरुमा अन्र्तराष्ट्रियस्तरको सफ्टवेयर जडानको लागि ‘फिन्सफ्ट कम्पनी लि.’ खुल्न लागेको हो ।

माइक्रोफाइनान्स एशोसिएसनको मातहतमा रहेर काम गर्ने सो कम्पनिले लघुवित्त कम्पनीहरुमा नयाँ सफ्टवेयरहरु जडान गरिदिने छ । सक्षम परियोजनाको अनुदानमा सफ्टवेयर कम्पनी सञ्चालनमा आउने सो  कम्पनी सञ्चालनमा आएपछि सबै माइक्रोफाइनान्स कम्पनीहरुका काम कारवाहिहरु सजिलो र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]