Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

लघुवित्तलाई प्राविधिक बनाउन सफ्टवेर कम्पनि खोलिँदै

२०७३ बैशाख २३ गते

microfinanceलघुवित्त कम्पनीहरुको काम कारवाहीलाई छिटो, छरितो तथा आधुनिक प्रणाली अनुसार सञ्चालन गर्नको लागि सफ्टवेयर कम्पनी सञ्चालनमा ल्याइने भएको छ । सक्षम परियोजना र माइक्रोफाइनान्स एशोसिएसनको सहकार्यमा नयाँ सफ्टवेयर कम्पनी आगामी असार १ गतेदेखि सञ्चालनमा आउने भएको हो । नेपाल लघुवित्त बैंकर्स संघ र सक्षम परियोजनाबीच लघुवित्त बैंक तथा वित्तीय संस्थाहरुमा आधुनिक र अन्र्तराष्ट्रिय स्तरको सफ्टवेयर जडान गर्ने सम्बन्धमा यस अघि नै सहमति भएको थियो । उक्त सहमति अनुसार विकास बैंकहरुमा अन्र्तराष्ट्रियस्तरको सफ्टवेयर जडानको लागि ‘फिन्सफ्ट कम्पनी लि.’ खुल्न लागेको हो ।

माइक्रोफाइनान्स एशोसिएसनको मातहतमा रहेर काम गर्ने सो कम्पनिले लघुवित्त कम्पनीहरुमा नयाँ सफ्टवेयरहरु जडान गरिदिने छ । सक्षम परियोजनाको अनुदानमा सफ्टवेयर कम्पनी सञ्चालनमा आउने सो  कम्पनी सञ्चालनमा आएपछि सबै माइक्रोफाइनान्स कम्पनीहरुका काम कारवाहिहरु सजिलो र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।