Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

उपत्यकामै छैन बैंकिङ पहुँच

२०७४ मंसिर ८ गते

बैंकिङ खबर / नेपालका ६० प्रतिशत जनता प्रत्यक्ष बैंकिङ पहुँचभन्दा बाहिर रहेको तथ्यांक छ । तथ्याङ्क अनुसार हालको अवस्थामा १८ प्रतिशत नेपाली नागरिकहरु सामान्य वित्तीय पहुँचभन्दा बाहिर छन् । त्यसबाहेक २० प्रतिशत नेपालीहरुले गैरबैंकिङ कारोबार गरिरहेको र २१ प्रतिशत नेपाली नागरिकले अनौपचारिक बैंकिङ पद्धतिको माध्यम अपनाएर वा अन्य विधिबाट वित्तीय कारोबार गरिरहेको पाइन्छ । यसरी हेर्दा करिब ४१ प्रतिशत नेपाली जनता मात्रै प्रत्यक्ष बैंकिङ पहुँचमा रहेको देखिन्छ । 

नेपालका विकट क्षेत्रमा बैंक शाखा नपुग्नाले बैंकिङ पहुँचको विस्तार हुन नसकेको विज्ञहरु बताउँछन् । ग्रामिण भेगका जनता बैंकिङ पहुँच बाहिर हुनु स्वभाविकै भएपनि काठमाडौं उपत्यकाभित्रका नै धेरै नागरिक बैंकिङ पहूँच बाहिर छन् भन्दा तपाईलाई अपत्यारिलो लाग्छ सक्छ । तर यो तितो यथार्थ हो । काठमाडौं उपत्यकामा पर्ने भक्तपुर, ललितपुर र काठमाडौंकै कतिपय जनता अझै बैंकिङ पहुँचमा पुग्न सकेका छैनन् । 

ललितपुरका ५० प्रतिशत स्थानीय तह बैंकिङ पहुँच बाहिर
मुलुकको राजधानी काठमाडौं र सँगै जोडिएको जिल्ला भक्तपुरका सबै स्थानीय तहमा बैंक शाखा पुगेको छ । तर, ललितपुरका केहि स्थानीय तहमा अझै बैंक शाखा खुल्न सकेका छैनन् । काठमाडौं उपत्यका भित्र पर्ने ललितपुर जिल्लाका ५० प्रतिशत स्थानीय तह बैंकिङ पहूँच बाहिर रहेका छन् । संघीय संरचना अनुसार निर्माण भएका ६ स्थानीय तहमध्ये ३ स्थानीय तहमा अहिलेसम्म बैंक शाखा पुग्न सकेका छैनन् । ललितपुर जिल्लामा १ महानरपालिका, २ नगरपालिका र ३ गाउँपालिकाहरु छन् । 

बैंकिङ पहुँच नभएका स्थानीय तह
महांकाल गाउँपालिका
बागमती गाउँपालिका
कोन्ज्योसोम गाउँपालिका