सिन्धु विकास बैंक लिमिटेड उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडलाई सिन्धुपाल्चोक जिल्लाबाट आयकरतर्फ सबै भन्दा बढी कर दाखिला गर्ने बैंक भएकाले उक्त सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व कार्यालय भक्तपुरले मिति २०७४ मंसिर ७ गते भएको छैठौं राष्ट्रिय कर दिवस २०७४ को अवसरमा उक्त सम्मन प्रदान गरेको हो । प्रमुख अतिथि अर्थ सचिव, आन्तरिक राजस्व विभागका महानिर्देशक तथा उद्योग बाणिज्य महासंघका अध्यक्षले सिन्धु विकास बैंकलाई सम्मानपत्र प्रदान गरेका थिए ।
०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट गरी ११ वटा शाखाहरु लगाएत सुकुटे सिमिति बैंकिङ इकाई गरी १२ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।


