Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंक र सहारा नेपालबिच रेमिटयान्स भुक्तानी सम्झौता

२०७४ मंसिर ७ गते

सानिमा बैंक लिमिटेड र सहारा नेपाल बिच रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत नेपालभरि तथा विदेशबाट पठाएको रकम सहारा नेपालको ६० शाखा कार्यालयहरु र नेपालभरि रहेका ७००० भन्दा बढि भुक्तानी संजाल मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । 

सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र सहारा नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले हस्ताक्षर गरेका छन् ।

सानिमा एक्सप्रेसले आन्तरिक रेमिटयान्स सेवाका साथै यू.ए.ई, कतार, यू.के, कोरिया लगायत विश्वभरबाट रेमिटयान्स सेवा उपलब्ध गराउँदै आएको छ । सानिमा बैंकको हाल ४७ शाखा, १ एक्सटेन्स काउन्टर र ५३ ए.टि.म. रहेको छ ।