मुक्तिनाथ विकास बैक लिमिटेड र साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैकका तर्फवाट नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका तर्फवाट कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अव मुक्तिनाथ रेमिटमार्फत पठाएको रेमिट्यान्स वितामोड झापा केन्द्रीय कार्यालय रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको ६० वटा शाखा कार्यालयवाट सजिलै भुक्तानी लिन तथा पठाउन सकिने छ ।


