ज्योति विकास बैंक लिमिटेडले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४, चौराहमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । बुधबार समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख, निर्देशक धनन्जय शर्मा तथा धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले संयुक्त रुपमा उक्त शाखाको औपचारिक उद्घाटन गरे । ज्योतिले गत साताभित्र मात्रै मकवानपुर जिल्लाको ग्रामिण भेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर र काठमाडौंको नेपालटारमा नयाँ शाखा संचालनमा ल्याएको थियो ।
ज्योतिले मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिँदै आएको र आगामी दिनमा पनि शहरी एवं ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै जाने बैंकको उद्देश्य रहेको बैंक संचालक समितिका सदस्य जगदीश्वर प्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु, बैंकका नायब प्रमुख अधिकृत मनोज कुमार ज्ञवाली, उपमहानगरपालिका ४ नम्बर वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
२०६५ साल श्रावण ९ गतेबाट राष्ट्रिय स्तरको विकास बैंकको रुपमा संचालनमा आएको बैंकले४६ वटा शाखाकार्यालय र १४ वटा एटिएम मार्फत विभिन्ननिक्षेप योजनातथाकर्जा सुविधा सहितएविविएस, आश्वालगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्धगर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउँदै आएको छ ।
हालसम्मविकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चातविकास बैंकको चुक्तापूँजी २ अर्व ३७ करोड पुगेको छ । गत आ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकलाई तोकेको चुक्तापूँजी पुर्याउने बैंकको योजना छ ।



