२०७४ मंसिर ६ गते

सानिमा बैंकको एक्सटेन्सन काउन्टर भक्तपुर जिल्ला प्रशासन कार्यालयमा 

सानिमा बैंक लिमिटेडले आफ्नो पहिलो एक्सटेन्सन काउन्टर भक्तपुर जिल्ला प्रशासन कार्यालयमा खोलेको छ । यस काउन्टरबाट भक्तपुर जिल्ला प्रशासन कार्यालयको राजस्व संकलन गर्ने छ । उक्त काउन्टरको समुद्घाटन भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकृत द्रोणा पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले संयुक्त रुपमा गरे । 

सानिमा बैंकको शाखाहरु मेचीदेखि महाकालीसम्म ४७ वटा शाखा संजाल तथा ५३ वटा ए.टि.एम रहेका छन् ।