मुक्तिनाथ विकास बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सेञ्चुरी कमर्सियल बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र अनुसार मुक्तिनाथ विकास बैंकको मुक्तिनाथ रेमिटमार्फत पठाइएको रेमिट्यान्सको भुक्तानी सेञ्चुरी कमर्सियल बैंकको सम्पूर्ण शाखाबाट लिन सकिने छ । साथै सेञ्चुरी कमर्सियल बैंकको सेञ्चुरी रेमिटमार्फत पठाइएको रेमिट्यान्सको भुक्तानी मुक्तिनाथ विकास बैंकको सम्पूर्ण शाखाबाट गर्न सकिने छ । यसै गरी मुक्तिनाथ रेमिटको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्थामा पनि रेमिट्यान्स सेवा सम्झौता गर्ने भएको छ ।