बुम रेमिट्यान्स प्रा लिले युनाईटेड फाईनान्स लिमिटेडलाई आफ्नो एजेन्ट नियूत्त गरेको छ । बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम युनाईटेड फाईनान्स लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको हो । बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र युनाईटेड फाईनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुनन्द बहादुर श्रेष्ठले सम्झौता पत्रमा हस्तक्षर गरे । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटाभन्दा बढि सब–ऐजेन्टहरु छन् । युनाईटेड फाईनान्स लिमिटेडको नेपाल भरी १५ वटा शाखाहरु रहेका छन् ।
आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति लिएको छ । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमिटले हुन्डी कारोबारलाई निरूत्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए । पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि श्रमिकहरुलाई विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्कमा नेपाल सरकारले राहत दिनुपर्ने तर्क राख्छन् । विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने उनको धारणा छ ।