Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चार युवा समूहलाई २० लाख निव्र्याजी ऋण

२०७४ मंसिर १ गते

युवालाई पेशा व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला युवा समिति, इलामले चार वटा युवा समुहलाई निव्र्याजी २० लाख रुपैयाँ ऋण प्रदान गरेको छ । समितिले सूर्योदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समुह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्ममशील युवा विकाश संस्था र जोगमाईको ध्वजेगुफा पशुपालन समुहलाई प्रतिसमूह पाँच/पाँच लाखका दरले ऋण प्रदान गरेको जिल्ला युवा विकास समिति इलामका बाबुराम पोखरेलले बताए । 

समितिले १६ देखि ४० बर्ष उमेर समूहका युवालाई स्वदेशमै उद्यम सञ्चालन गराउने उद्देश्यअनुसार पहिलो वर्षको कार्यक्रमबाट ऋण लगानी गरेको समितिका अध्यक्ष नवराज शंकरले जानकारी दिए । 

ऋणबाट १० जना युवा संलग्न रहेको समूहले सामुहिक रुपमा व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधान छ । ऋण पाउनेमा चम्जम्लुङ उद्ममशील युवा विकास संस्थाले होमस्टे सञ्चालन गर्ने जनाएको छ । रासस