Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकको नयाँ शाखा चन्दननाथ र बर्दिबासमा 

२०७४ कार्तिक २७ गते

एनआईसी एशिया बैंक लिमिटेडले जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ०५ र महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ०१ मा नयाँ शाखाहरु विस्तार गरेको छ । आइतबार एक समारोहका बिच जुम्ला जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष राम दत्त रावलले जुम्ला शाखाको र महोत्तरी जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष प्रल्हाद क्षेत्रीले बर्दिबास शाखाको औपचारिक उद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक मानिने एनआईसी एशिया बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।