Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

टुरिजम डेभलपमेन्ट बैंकको नयाँ शाखा महेन्द्रनगरमा

२०७४ कार्तिक २४ गते

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा कंचनपुर जिल्ला स्थित महेन्द्रनगर शाखाको औपचारिक उद्घाटन गरेको छ । शुक्रबार (कात्तिक २४ गते)एक विशेष कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष पुष्पराज कंडेल तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे । 

महेन्द्रनगर शाखासहित अब बैंकको शाखा संख्या ३२ र १ एक्सटेन्सन काउन्टर गरी कुल ३३ पुगेको छ । साथै निकट भविष्यमा थप ४ वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टर थप्दै चाँडै नै कुल शाखा संख्या ३६ र एक्सटेन्सन काउन्टर ५ पुर्याउने लक्ष्यका साथ गृहकार्य भइरहेको बैंकले जनाएको छ ।