Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकको शाखा दार्चुला र ओखलढुङ्गामा

२०७४ कार्तिक २४ गते

एनआईसी एशिया बैंक लिमिटेडले दार्चुलाको महाकाली नगरपालिका वडा नं. ०४ र ओखरढुंगाको सिद्घिचरण नगरपालिका वडा नं १२ मा नयाँ शाखाहरु विस्ता गरेको छ । शुक्रबार (कात्तिक २४ गते) एक समारोहका बीच महाकाली नगरपालिकाका मेयर हंस राज भट्टले दार्चुला शाखाको र ओखलढुङ्गा जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले ओखलढुङ्गा शाखाको उद्घाटन गरे । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरुमध्येको एक मानिने एनआईसी एशिया बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।