Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले ट्रेजरी र रिभर्स रिपोबाट रकम खिच्ने 

admin २०७३ बैशाख २२ गते
सेयर:

nrbमूल्यस्थिरता कायम गर्नका लागि राष्ट्र बैंकले ट्रेजरी र रिभर्स रिपोबाट रकम खिच्न लागेको छ । बैशाख २२ गते बैंकले रिभर्स रिपो गर्ने सूचना प्रकाशित गरेको हो ।

लगानी गर्नु पर्ने रकम बैंक तथा वित्तीय संस्थामा जम्मा भएपछि बजारमा भएको तरलतालाई खिंचेर मूल्यस्थिरता कायम गर्न राष्ट्र बैंकले यस्तो गर्ने गर्दछ । बुधबारदेखि रिभर्स रिपो जारी गरेको बैंकले ७ दिनको अवधिमा २० अर्ब रुपैंया खिच्ने जनाएको छ । 

त्यसैगरी, राष्ट्र बैंकले तरलता प्रशोचन गर्नका लागि ट्रेजरी विल पनि विक्री गर्ने जनाएको छ । सरकारको नाममा केन्द्रीय बैंकले जारी गरेको ट्रेजरी विल ९१ दिनेका लागि ३ सय ८५ करोड र ३ सय ६४ दिनेका लागि १ सय ६४ करोड निर्धारण गरेको छ । 

बैंक तथा वित्तीय संस्थामा रकम बढी भएपछि केन्द्रिय बैंकले ट्रेजरी बिल मार्फत त्यो रकम आफुले लिने गरेको छ । यसरी वित्तीय सस्थाले केन्द्रिय बैंकलाई तरलता बिक्रि गर्दा केही मात्रामा नगद सुविधा पाउने गरेका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।