Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकको नाफा घट्यो

२०७४ कार्तिक २२ गते

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ करोड सात लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ दशमलव २३ प्रतिशतले कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले २८ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

पाँच अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा दुई अर्ब ७६ करोड ६४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २६ दशमलव १५ प्रतिशतले वृद्धि गरि ८२ अर्ब ८४ करोड ३४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २९ दशमलव ४१ प्रतिशतले वृद्धि गरी ६६ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी ९३ दशमलव ७३ प्रतिशतले बढेर एक अर्ब ८५ करोड ४० लाख रुपैयाँ पुर्याएको छ भने सञ्चालन मुनाफा १९ दशमलव ०९ प्रतिशतले बढेर २३ करोड ७१ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा १३ करोड छ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकको प्रोभिजनमा १० करोड ११ लाख रुपैयाँ नोगेटिभमा रहेको छ ।

प्रभु बैंकको निष्कृय कर्जा तीन दशमलब ३१ प्रतिशतले घटेर चार दशमलव २३ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पति शुन्य दशमलव ५१ प्रतिशतले बढेर ११ दशमलव ०२ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १७ दशमलव ०५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव १७ गुणा, प्रतिसेयर नेटवर्थ १४७ दशमलव ०४ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ५० प्रतिशत रहेको छ ।