Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जोशीपूर र जाजरकोटमा एनआईसी एशिया बैंकको नयाँ शाखा विस्तार

२०७४ कार्तिक २१ गते

एनआईसी एशिया बैंक लिमिटेडले कैलालीको जोशीपुर गाउँपालिकावडा नं. ०२ र जाजरकोटको भेरी नगरपालिका वडा नं ०४ मा दुई नयाँ शाखाहरु विस्तार गरेको छ । मंगलबार (कात्तिक २१ गते)जोशीपुर गाउँपालिकाका कार्यकारी अधिकृत नारायण बहादुर बिष्ट तथा अध्यक्ष राम कृष्ण चौधरीले संयुक्त रुपमा जोशीपूर शाखाको उद्घाटन गरे भने भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तिले जाजरकोट शाखाको उद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक मानिन्छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।