बैंकिङ खबर । माछापुच्छे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ७७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा माछापूछ्रेले २४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याएको माछापुच्छे बैंकले जगेडा कोषमा एक अर्ब २२ करोड ८१ लाख रुपैयाँ छुट्याएको छ । निक्षेपमा तीन दशमलव ४४ प्रतिशतले वृद्धि गरी ६० अर्ब ३० करोड १२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ५४ अर्ब ४२ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १४ दशमलव ३९ प्रतिशतले बढेर ६१ करोड २१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २० दशमलव ७१ प्रतिशतले बढेर ४० करोड ८४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा तीन करोड ३६ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा आठ करोड ४३ लाख रुपैयाँ राखेको छ ।
माछापूछ्रे बैंकको जोखिमयुक्त सम्पति पाँच दशमलव ३४ प्रतिशतले बढेर १६ दशमलव ६३ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा शून्य दशमलव ०९ प्रतिशतले बढेर शुन्य दशमलव ४५ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १४ दशमलव ३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय १५ दशमलव २८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव ९३ गुणा र तरलता अनुपात २४ दशमल ८६ प्रतिशत रहेको छ ।


