Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बंगलादेश बैंकले कमायो १५ करोड ४० लाख मुनाफा

२०७४ कार्तिक २० गते

बैंकिङ खबर । नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आथिक वर्षको पहिलो त्रैमासमा १५ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव ५५ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बंगलादेश बैंकले २२ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब आठ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा दुई अर्ब ५० करोड ७० लाख रुपैयाँ राखेको छ । निक्षेपमा सात दशमलव ६९ प्रतिशत वृद्धि गरी ४२ अर्ब २२ करोड ४१ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ११ दशमलव ७६ प्रतिशत वृद्धि गरी ३८ अर्ब ७१ करोड २३ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानीमा ३८ दशमलव ६० प्रतिशतले घटेर २० करोड २४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३२ दशमलव ८३ प्रतिशतले घटेर १३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा १० करोड १८ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले १२ करोड ५४ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ ।

नेपाल बङ्गलादेश बैंकको निष्कृय कर्जा शुन्य दशमलव ४३ प्रतिशतले घटेर शुन्य दशमलव ४३ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पत्ति चार दशमलव ०२ प्रतिशतले बढेर १४ दशमलव ६३ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक आठ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३१ रुपैयाँ र तरलता अनुपात ३० दशमलव ४८ प्रतिशत रहेको छ ।