बैंकिङ खबर । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ दशमलव ६८ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लुम्बिनीले तीन करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
दुई अर्ब ८८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ८३ करोड ३८ लाख रुपैयाँ राखेकोे छ । निक्षेपमा २८ दशमलव ५७ प्रतिशतले वृद्धि गरी १८ अर्ब ४५ करोड ६७ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १५ अर्ब ९० करोड रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १० दशमलव ८३ प्रतिशतले घटेर १० करोड ७८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ८६ लाख रुपैयाँ नोक्सानमा रहेको छ । बैंकको प्रोभिजनमा दुई करोड ५८ लाख रुपैयाँ राखिएको छ ।
लुम्बिनी विकास बैंकको निष्कृय कर्जा तीन दशमलव १६ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १७ दशमलव ०३ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक तीन दशमलव २२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ४१ दशमलव ५१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६६ दशमलव ८७ गुणा र तरलता अनुपात २९ दशमलव ४७ प्रतिशत रहेको छ ।

