Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा घट्यो, तीन महिनामा कमायो चार करोड 

२०७४ कार्तिक २० गते

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव ३८ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सांग्रिलाले चार करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

एक अर्ब ३५ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी भएको सांग्रिला डेभलपमेन्ट बैंकले जगेडा कोषमा ६१ करोड ७९ लाख रुपैयाँ छुट्याएको छ । निक्षेपमा ३० प्रतिशत वृद्धि गरी १३ अर्ब ८० करोड ४४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १२ अर्ब आठ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी तीन दशमलव ५४ प्रतिशतले बढेर १४ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा सात दशमलव २४ प्रतिशतले घटेर छ करोड ४५ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा तीन करोड रुपैयाँ राखिएको छ ।
 
सांग्रिला डेभलपमेन्ट बैंकको जोखिमयुक्त सम्पति १६ दशमलव ४७ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शून्य दशमलव ९८ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०९ पैसा, प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४९ पैसा, मूल्य आम्दानी अनुपात ३२ रुपैयाँ ०१ पैसा, तरलता अनुपात २५.९८ प्रतिशत र प्रतिसेयर कुल सम्पतिको मूल्य एक हजार दुई सय १६ रुपैयाँ ९८ पैसा रहेको छ ।