Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ज्योति विकास बैंकले कमायो साढे चार करोड मुनाफा

२०७४ कार्तिक २० गते

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ६५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ज्योति विकास बैंकले चार करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

दुई अर्ब २० करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ५१ करोड १४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ५७ दशलमव १४ प्रतिशतले वृद्धि गरी ११ अर्ब ३० करोड ८७ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ४७ दशमलव ५२ प्रतिशतले पृद्धि गरी नौ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ । 

ज्योति विकास बैंकको खुद व्याज आम्दानी २९ दशमलव २९ प्रतिशतले बढेर १२ करोड ८९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८२ दशमलव ०५ प्रतिशतले बढेर सात करोड ११ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा दुई करोड १६ लाख रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी वार्षिक आठ दशमलव २१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव २८ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २३ दशमलव १८ रुपैयाँ र तरलता अनुपात ३४ दशमलव २७ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव ३१ प्रतिशतले घटेर शुन्य दशमलव ८२ प्रतिशत र जोखिमयुक्त सम्पत्ति ११ दशमलव ४६ प्रतिशतले बढेर २७ दशमलव ८९ प्रतिशत पुगेको छ ।