Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिभिल बैंकको मुनाफा ६७९ प्रतिशतले बढ्यो

२०७४ कार्तिक २० गते

बैंकिङ खबर । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७९ दशमलव १६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिलले जम्मा एक करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

पाँच अर्ब १८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब ४९ करोड ३२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा नौ दशमलब ६७ प्रतिशतले वृद्धि गरी ३४ अर्ब २४ करोड ८१ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १५ दशमलव ३८ प्रतिशत वृद्धि गरी ३० अर्ब ९५ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ । 

सिभिल बैंकको खुद व्याज आम्दानी २४ दशमलव ८९ प्रतिशतले बढेर २८ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने संचालन १३ करोड ७२ लाख रुपैयाँ नोक्सानमा रहेको छ । यो अवधिमा ३१ करोड ४५ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ३३ करोड १७ लाख रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी आठ दशमलव ४२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २७ दशमलव ३३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३३ दशमलव ८७ रुपैयाँ र तरलता अनुपात २५ दशमलव १५ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा चार दशमलव ६९ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति १९ दशमलव ६२ प्रतिशत रहेको छ ।