Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एकैदिन एनआईसी एशिया बैंकका दुई शाखा विस्तार

२०७४ कार्तिक २० गते

एनआईसी एशिया बैंक लिमिटेडले दुई नयाँ शाखा विस्तार गरेको छ । झापाको गौरादह नगरपालिकावडा नं. ०३ र सुनसरीको ईटहरी उप– महानगरपालिका वडा नं २०, तरहरामा सोमबार (कात्तिक २० गते) एक समारोहका बीच नयाँ शाखा कार्यालयको उद्घाटन गरेको हो । गौरादह नगरपालिकाका मेयर रोहितकुमार शाहले गौरादह शाखा र ईटहरी उप– महानगरपालिकाका मेयर द्वारिकलाल चौधारीले तरहरा शाखाको विधिवत् उद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरुमध्येमा एक मानिने एनआईसी एशिया बैंकको शाखा संख्या १३३ पुगेको छ । साथमा १४१ वटा एटिएम काउन्टरबाट बैंकले आफ्ना ग्राहकरुलाई सेवा प्रदान गर्दै आएको छ ।  

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।