Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको खैरहनिमा 

२०७४ कार्तिक २० गते

मुक्तिनाथ विकास बैंक लिमिटेडले आईतबार (कात्तिक १९ गते) चितवनको खैरहनि नगरपालिका वडा नं. ८, स्थित पर्सा शाखाको विधिवत उद्घाटन गरेको छ । खैरहनि नगरपालीकाका नगर प्रमुख लालमणी चौधरीले उक्त शाखा कार्यलयको उद्घाटन गरे । शाखा उद्घाटनपश्चात् मन्तव्य व्यक्त गर्दै नगर प्रमुख चौधरीले यस क्षेत्रमा कृषि पर्यटनको विकासका लागि वित्तीय संस्थाहरुको उपस्थिती बढ्नु खुशीको कुरा भएकोले पर्सा बासीको सदैब साथ र सहयोग रहने बताए ।

समुद्घाटन कार्यक्रममा बैकका नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेलले स्वागत मन्तब्य ब्यक्त गर्दै बैंकको हालको अवस्था तथा बैंकले सामाजिक उत्तरदायित्वको क्षेत्रमा विशेष जोड दिई रहेको बारेमा प्रकाश पारे । साथमा उनले बैंकले प्रदान गर्दै आईरहेको सेवा सुविधाका बारेमा पनि जानकारी गराए । 

शाखा समुद्घाटन कार्यक्रममा पर्सा बजार र सो आसपासका व्यापारी, समाजसेवी, कृषक र स्थानीय नागरिकहरु लगायत स्थानीय बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

मुक्तिनाथ विकास बैंकको चितवन जिल्लामा चार वटा शाखा सहित गरी कुल ७० वटा कार्यालयहरु पुगेका छन् । बैंकले २०७४ आश्विन मसान्तसम्म रु. १९ अर्ब ५४ करोड निक्षेप संकलन गरी रु. १६ अर्ब ८० करोड कर्जा लगानी गरेको छ । सोही अवधिमा बैंकले रु. १३ करोड ५४ लाख खुद मुनाफा आर्जन गरेको छ ।