Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे

२०७४ कार्तिक १९ गते

बैंकिङ खबर । नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे नियुक्त भएका छन् । बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले पाँडेलाई अध्यक्षमा नियुक्त गरेको छ । 

पृथ्वीबहादुर पाँडे नेपालको बैंकिङ क्षेत्रका ‘पायोनियर’ हुन् । नेपाल राष्ट्र बैंकबाट करिअर सुरु गरेर राष्ट्रिय बाणिज्य बैंकको नेतृत्व एवं हिमालयन बैंकको स्थापना गरेका पाडेले सन् २००१ मा विदेशी व्यवस्थापनबाट नेपाल इन्भेष्टमेन्ट बैंक जिम्मा लिए । विगत एक दशकभन्दा लामो समयदेखि उनी नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यकारी अध्यक्ष थिए ।