Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

एनआईसी एशिया बैंकले एकैपटकमा विस्तार गर्यो तीन शाखा

२०७४ कार्तिक १९ गते

एनआईसी एशिया बैंक लिमिटेडले एकैपटक तीन वटा शाखा विस्तार गरेको छ । बैंकले बाँकेस्थित खजुरा गाउँपालिका वडा नं. ०३, बर्दिया नगरपालिका वडा नं ६, मगरागडी र मोरङस्थित कानेपोखरी गाउँपालिका वडा नं ६, रमाईलो चोकमा एक समारोहका बीच नयाँ शाखाहरु विस्तार गरेको हो । 

नेपाल राष्ट्र बैंकका निर्देशक गुरु प्रसाद पाडैलले खजुरा र मगरागडी शाखाको उद्घाटन गरे । त्यस्तै, रमाईलो शाखाको समुद्घाटन कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेले गरे । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । तीन नयाँ शाखाको समुद्घाटनसँगै अब एनआईसी एशिया बैंकको शाखा संख्या १३३ पुगेको छ । बैंकका १४१ एटिएम काउन्टरहरु छन् । 

एनआईसी एशिया बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।